PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

विना निष्कर्ष टुंगियो नेकपाको सचिवालय बैठक , प्रवक्ता श्रेष्ठ भन्छन्, 'जनादेश अनुसारको निर्णय २० गतेको बैठकले गर्नेछ'



पहिलोपोस्ट

विना निष्कर्ष टुंगियो नेकपाको सचिवालय बैठक , प्रवक्ता श्रेष्ठ भन्छन्, 'जनादेश अनुसारको निर्णय २० गतेको बैठकले गर्नेछ'

काठमाडौंः अध्यादेश प्रकरण, समाजवादी पार्टीका सांसदको अपहरण प्रकरण, सरकारका काम कारवाही र कोरोना भाइरसको प्रभावकारी रोकथाम तथा नियन्त्रण लगायत समसामयिक विषयमा छलफल गर्न डाकिएको नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) को बैठक विना निष्कर्ष टुंगिएको छ।

बैठकमा समसमायिक विषयमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी थिए। स्थायी कमिटी बोलाउनेबारे निर्णय भएको छैन। सचिवालयको बैठक आगामी शनिवारका लागि पुनः बोलाइएको छ।

'सरकार र केही कमरेडहरुले माग गर्नुभएको स्थायी कमिटीका विषयमा गम्भीर विमर्श भयो। छलफल जारी छ' प्रवक्ता श्रेष्ठले भने, '२० गतेका लागि पुन सचिवालयको बैठक बोलाइएको छ। त्यही स्थायी कमिटीबारे छलफल हुनेछ। जनताले दिएको जनादेश अनुसारको निर्णय त्यही बैठकले गर्नेछ।'

बैठकमा आफूमाथि बहुमतको प्रश्न उठ्ने देखेपछि ओली समूहले आज दिनभर सांसदको हस्ताक्षर संकलन गरेर रक्षात्मक अवस्थामा उपस्थित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell