विराटनगरमा रहेको विराट बहिरा माविकी ओमकुमारी राय कान सुन्दिनन्। झापा अर्जुनधाराकी २२ वर्षीय राय एसईई परीक्षा स्थगित भएको भोलिपल्टै घर पुगिन्।
परीक्षाको तयारीका लागि विर्तामोडसम्म पुगेकी ओमकुमारीले हतारमा आफ्ना पुस्तक लैजानै बिर्सिछिन्। घर पुगेको केही दिन त उनले पढाइबारे सोच्नै सकिनन्। अहिले पढ्न मन छ पुस्तक छैन।
‘दिदी त ७ गते नै घर आउनुभयो। तर आफ्ना किताब ल्याउनै बिर्सिनु भएछ,’ ओमकुमारीकी बहिनी कविता रायले भनिन्।
लकडाउनको समय। त्यसमा साथमा किताब छैन। न घरमा इमेल इन्टरनेटको सुविधा नै छ। त्यसलै उनले परीक्षाको तयारी गर्न सकेकी छैनन्।
सिरहा महनपुरका सिद्धान्त मण्डल पनि यही विद्यालयबाट एसईईको तयारीमा छन्।
१६ वर्षीय सिद्धान्त भने निरन्तर आफ्नो परीक्षाको तयारी गरिरहेका छन्।
घरमा इन्टरनेटको सुविधा भइकोले केही सहज भएको बताउँछन् उनका बुबा रामनाथ मण्डल।
रामनाथका अनुसार सिद्धान्तले फेसबुक मेसेन्जरबाट भिडियो कल गरी विषय शिक्षकसँग नजानेका कुराहरु सोध्ने गरेका छन्।त्यस्तै टिभीमा समाचार हेर्छन्।
सिद्धान्तको दिनचर्या अन्य विद्यार्थीको भन्दा फरक छ। उनी सांकेतिक भाषामा आएका समाचार हेरेर सूचना प्राप्त गर्छन्।
‘समाचार हेरेर मैले बुझेँ भनेर भन्छ। मेरो छोराले बोल्दैन त के भयो तर उ बाठो छ,’रामनाथले सुनाए।
प्राविधिक शिक्षा पढिरहेका उनको भविष्यमा इन्जिनरिङ पढ्ने इच्छा छ ।
‘यो कोरोना कहिले छुट्छ र अनि परीक्षा हुन्छरु काठमाडौँ गएर पढ्न कहिले पाउने होरु हरेक दिन यस्तै प्रश्न गर्छ’ रामनाथले सिद्धान्तको रहर सुनाए।
आफ्नो छोरालाई परीक्षा तयारी गर्न कुनै असहज नभएको उनी बताउँछन्। तर अन्य विद्यार्थीहरुले यही सुविधा नपाउँदा उनीहरुको परीक्षामा असर पर्ने हो कि भन्ने चिन्ता भने रहेछ उनलाई।
+++
देशव्यापी लकडाउनका कारण घरमै बस्न बाध्य छन् धेरै विद्यार्थी। न पढाईको ठेगान र परीक्षाको। बन्दाबन्दीबीच यस्तै अन्योलमा घरमै बसिरहेकी छिन् श्वेत तामाङ पनि।
विराटनगर ५ स्थित कोचाखालमा बस्छिन् १६ वर्षीय श्वेता। विराट माविको कक्षा १० का १२ जनामध्ये एकमात्रै कान सुन्ने विद्यार्थी हुन् उनी। पढाई भने सांकेतिक भाषामै।
‘हाम्रो विद्यालयमा जम्मा १० जनाजति मात्रै कान सुन्ने विद्यार्थी छौँ होला। कक्षा १० मा म मात्रै कान सुन्ने। हामी सबै साइन ल्याङ्वेजको प्रयोगबाट पढ्छौं,’ तामाङले भनिन्।
लकडाउन नसकेसम्म एसईई हुने हाल कुनै सम्भावना देखिँदैन। त्यसैले एसईई परीक्षा दिने विद्यार्थीलाई लक्षित गर्दै अनलाइन तयारी कक्षा सञ्चालन भएका छन्।
तर एसईई परीक्षाका लागि भइरहेको अनलाइन र भर्चुअल कक्षाबारे श्वेतालाई धेरै थाहा छैन।
‘अनलाइन पढाइ हुन्छ रे भन्ने त सुनेको हो तर खै अरु त थाहा छैन। फेरि पढाइ भए पनि हामीले त कसरी पढ्ने ररु’ श्वेताले अप्ठेरो सुनाइन्।
उनी टिभी हेर्छिन्। सुन्छिन, बुझ्छिन्। नबुझे कसैलाई सोध्छिन्। तर,कान नसुन्ने उनका साथीहरुका लागि के तरु
'मेरा साथीहरु त हेर्छन् मात्र, सुन्न र बुझ्न सक्दैनन्। उनीहरुले सोधे पनि जो कोहीले बुझाउन सक्दैनन्। उनीहरुलाई गाह्रो हुनसक्छ यो अनलाइन कक्षा।'
परीक्षा स्थगित भएयता सबै साथीहरुसँग सम्पर्कमा छैनन् उनी। किनभने धेरै जसोसँग मोबाइल छैन। जोसँग मोबाइल छ लकडाउनको बीचमा उनीहरुसँग परीक्षाका बारेमा मोबाइलको च्याट भने गर्ने गरेकी छिन्।
‘कहिलेकाहीँ म्यासेजमा कुरा हुन्छ। अनि कोही परीक्षा हुँदैन रे होरु कोही कहिले हुन्छरु यस्तै प्रश्न साथीहरुले सोध्ने गरेका छन्,’ उनले भनिन्।
कान नसुन्ने साथीहरुलाई हातबाट इसारा गरेर, चित्र देखाएर, अनि लेखेर सिकाउनु पर्ने उनी बताउँछिन्। त्यसैले अनलाइबाट पढ्न सम्भव नहुने उनको बुझाइ छ।
विराटमा पढ्ने प्रायसँग इन्टरनेटको सुविधा पनि छैन। उनीहरुलाई लक्षित गरेर कक्षा संचालन भएपनि हेर्ने माध्यम छैन।
कोरोना भाइरसको संक्रमण रोक्ने भन्दै सरकारले गरेको लकडाउन ३६ दिन नाघिसकेको छ।
+++
विद्यालयकी प्रधानाध्यापक मिनु दाहाल हालकै अवस्थामा अनलाइन कक्षा सञ्चालन गर्न नसक्ने बताउँछिन्।
‘अनलाइन पढाइ भन्ने विभिन्न मिडियाबाट सुनेको हो। तर, यहाँ विशेष प्रकृतिका विद्यार्थी छन्। उनीहरुलाई कसरी अनलाइनबाट पढाउनेरु प्रश्न गरिन्।
दाहाल अहिलेको अवस्थामा लकडाउन खुल्ने दिन पर्खनबाहेक आफूहरुसँग विकल्प नभएको बताउँछिन्।
विद्यालयमा सांकेतिक भाषाको प्रयोग गरेर विद्यार्थीहरुले प्राविधिक शिक्षा पढिरहेकाले अनलाइनबाट पढाउन असम्भव रहेको तर्क उनले गरिन्। दाहालले महानगरपालिकामा पनि यस विषयमा कुरा समेत गरिन्। तर केही गर्न नसक्ने जवाफ आएपछि उनीसँगै सबै शिक्षक अन्योलमा परे।
दाहालका अनुसार बहिरा विद्यालयमा ताप्लेजुङ, भोजपुरलगायतका विद्यार्थी पढिरहेका छन्।
यसअघि विद्यालयले उनीहरुलाई विद्यालयकै छात्रावासमा राखेर पढाउने गरेको थियो। एसईई परीक्षा स्थगित भएपछि लगत्तै लकडाउन अघिनै उनीहरुलाई आ(आफ्नो घर पठाइएको उनले बताइन्।
उनले भनिन्,‘हाम्रा नानीहरु इमेल इन्टरनेटको पहुँचबाट बाहिर छन्। यदि विद्यार्थी यहीँ भएका भए शिक्षकहरुलाई खटाएर पढाउन सकिने थियो। तर अहिले त्यस्तो अवस्था छैन।'
धेरै जसो विद्यार्थीहरुले प्राविधिक शिक्षा पढेको र उनीहरुलाई कोर्स बुकभन्दा प्रयोगात्मक शिक्षाबाट पढाइने गरेको उनले बताइन्।
भनिन्, 'अनलाइनबाट अनिवार्य विषयमात्रै पनि पढाएर सकिँदैन। उनीहरु प्रयोगात्मक सिकाइबाट बढी पढ्ने गरेका छन्।’
धेरैजसो विद्यालयले अनलाइन कक्षा लिन सुरु गरेपछि उक्त विद्यालयका शिक्षकले दाहाललाई त्यसरी कक्षा दिन मिल्ने नमिल्नबारे सोध्ने पनि गरेका छन्।
‘सबै अभिभावक साक्षर छैनन्। त्यसमाथि विद्यार्थीहरुले अहिले घरमै रहेर पुस्तक पनि पढ्न सकेका छैनन्। शिक्षकहरुले अनलाइन कक्षाको कुरा त गरेका छन् तर मसँग उहाँहरुको प्रश्नको उत्तर नै छैन,' उनले भनिन्।