PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

लकडाउन : १५ सय मानिस बिहानै सडकमा होल्ड



पहिलोपोस्ट

लकडाउन : १५ सय मानिस बिहानै सडकमा होल्ड

काठमाडौ : प्रहरीले मंगलवारदेखि उपत्यकाभित्र लकडाउनमा थप कडाइ गरेको छ।

लकडाउन कडाइ हुँदा अनावश्यक रुपमा सकडका निस्किएका मानिसहरु कारबाहीमा पर्ने गरेका छन्। बिहीवार बिहान ८ बजेसम्म १५ सय ८ जना मानिसलाई प्रहरीले कारबाही गरेको छ। जसमा ४ सय १६ जना महिला समेत रहेका छन्।

सरकारले लकडाउनको समयमा मानिसलाई घरबाहिर ननिस्कन उर्दी जारी गरेको छ। तर मानिस विभिन्न बहानामा बाहिर निस्किने गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरी कारबाहीमा परेका मानिसलाई प्रहरीले तीन घण्टासम्म सडकमा उभ्याएर राख्ने गरेको छ।

त्यस्तै लकडाउनको समय सम्वन्धित निकायबाट पास जारी नगरी सवारी गुडाएका र पासको दूरुपयोग गर्ने सवारी साधनलाई पनि कारबाही गर्दै आएको छ। आज बिहानसम्म १ सय १० वटा सवारी साधनलाई कारबाही गरेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell