PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कोरोना भाइरससँग जुध्दै चीनले मनाउँदै पाँच दिन लामो मजदुर दिवस? होटल बुकिङ र गन्तव्यहरु खुला



पहिलोपोस्ट

कोरोना भाइरससँग जुध्दै चीनले मनाउँदै पाँच दिन लामो मजदुर दिवस? होटल बुकिङ र गन्तव्यहरु खुला

काठमाडौं : चीनमा नयाँ वर्ष र स्प्रिङ फेस्टिवल कोरोना भाइरसको चपेटामा पर्‍यो। यसैबीच चीनले अबको पाँच दिन मजदुर दिवस 'मे डे' मनाउँदै छ। यसपटक पहिलो पटक २००८ पछि मजदुर दिवसको दिन पाँच दिन बिदा दिइएको छ। कुनै समय 'स्वर्णिम साता'को रुपमा सात दिन दिइने बिदा २००८ देखि तीन दिनमा झारिएको थियो।

यसपटक भने चीनले पाँच दिन बिदाको घोषणा गरेको छ। पाँच दिन लामो बिदा घोषणासँगै चिनियाँ मजदुरहरुले 'होलिडे प्लान' बनाउँदै छन्।

चीनको यात्रा सम्बन्धी अनलाइन 'सीट्रीप डट कम'ले मे १ देखि ५ सम्म गत महिना अप्रिल १ देखि ५ सम्मको तुलनामा ३५३ प्रतितशतले बढ्ने जनाएको छ।

यसपटक होटेल बुकिङ र यात्राका लागि टिकट बुकिङ पनि बढेको छ। झण्डै दुई गुणा बुकिङ बढेको चाइना डेलीले जनाएको छ।

मजदुर दिवसका बेला मुख्यगरी चीनका १० स्थानमा सबै भन्दा बढी पर्यटक देखिने चाइना ट्रिपले जनाएको छ। जसमध्ये सियानको बेल टावर, मउसोलियम साइट म्युजियम, प्रेसिडेन्टल प्यालेस, सिचुवानको लसानमा रहेको जाइन्ट बुद्धलगायतका क्षेत्रमा बढी पर्यटक देखिने जनाएको छ।

कोभिड १९ पान्डेमिकपछि केहि पर्यटकीय क्षेत्रहरु खुलिसकेका छन् भने केही खुल्ने क्रममा छन्। चीनको संस्कृति तथा पर्यटन मन्त्रालय र स्वास्थ्य आयोगले यस्ता पर्यटकीय स्थलमा कुल क्षमताको ३० प्रतिशत मात्र मानिस प्रवेश गराउन निर्देशन दिएका छन्। बेइजिङमा ७३ वटा सिनिक स्पोट अप्रिल २० देखि खुला गरिएका छन्। जसमध्ये ग्रेटवालको मुतियान्यु र बाडालिङ क्षेत्र र यान्छी लेख पनि खुलेका छन्। हुवेइमा ४२१ वटा सिनिक स्पटमध्ये २६६ अप्रिल २४ देखि खुला भएका छन्।

सांघाईका केही स्पट भने अझै बन्द गरिएका छन्। कोभिड-१९ पान्डेमिकको समयमा अनलाइन टुरिङ अहिले अर्को विकल्पको रुपमा आएका छन्। अनलाइनबाटै त्यस्ता स्थानहरुको लाइभ स्ट्रिमिङ सुरु भएका छन्। अलिबाबाको ट्राभल पोर्टल फइचुले प्रत्येक दिन १०० भन्दा बढी स्थानहरुको प्रत्यक्ष प्रसारण गर्दै आएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका विज्ञ समूहका एक सदस्य लि लानजुनले भिडभाड नहुने स्थानमा भ्रमण गर्न सुझाव दिएका छन्। भ्रमणमा निस्किनेहरुलाई खाना लगायतका सामाग्री आफैले बोक्न सुझाव दिइएको छ।

त्यहाँको संस्कृति मन्त्रालयले आफ्नो स्वास्थ्यको ख्याल गर्न सर्वसाधरणलाई अपिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell