PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

पत्रकार दिपक पाठक पक्राउ



पहिलोपोस्ट

पत्रकार दिपक पाठक पक्राउ

काठमाडौं : सामाजिक सञ्जालमा जथाभावी लेखेको अभियोगमा प्रहरीले रेडियो नेपालका संचालक समिति सदस्यसमेत रहेका पत्रकार दिपक पाठकलाई पक्राउ गरेको छ।

आज बिहान केन्द्रीय साइवर ब्यूरोले पाठकलाई नियन्त्रणमा लिएको हो। पत्रकार पाठकले नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालमा आलोचना गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको हो।

पाठकलाई आज बिहान नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीले जानकारी दिए। उनीविरुद्ध हिजो जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जीको अनुमति लिएर प्रहरीले पक्राउ गरेको हो। आज साइबर अपराधमा म्याद थप्ने प्रहरीले तयारी गरेको छ।

पाठक प्रधानमन्त्री केपी शर्मा ओली निकट पत्रकार मानिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell