काठमाडौँः रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट हुँदा चार जना बालबालिकाको मृत्यु भएको छ।
त्रिवेणी गाउँपालिका ७ गौरीगाउँमा विस्फोट भएको हो। विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए।
मृत्यु हुनेहरुमा त्रिवेणी गाउँपालिका ७ का १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीय विमला खत्री, ५ वर्षीय विजय खत्री र वडा नम्वर ४ का गौरव नेपाली रहेको प्रहरीले जनाएको छ। बारीमा भेटिको बम खेलाउँदा विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको डिएसपी गुरुङले जानकारी दिए।