PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

एसएसपीको सरुवा, को कहाँ पुगे?



पहिलोपोस्ट

 एसएसपीको सरुवा, को कहाँ पुगे?

काठमाडौं : गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षकहरु (एसएसपी)को सरुवा तथा पदस्थापन गरेको छ। बिहीवारको मन्त्रीस्तरको निर्णयानुसार बुधवारबाटै लागू हुने गरी जनपद प्रहरी समूह तर्फका एसएसपीहरुको सरुवा तथा पदस्थापन भएको हो।

जसअनुसार प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालय नक्सालका उमेश राज जोशी संघीय प्रहरी एकाई कार्यालय काभ्रे सरुवा भएका छन् भने प्रहरी कल्याण महाशाखाका टेक बहादुर तामाङ १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर पर्‍याइएका छन्।

प्रहरी आतंकवाद नियन्त्रण महाशाखाका डा देवबहादुर बोहरा प्रधान कार्यालयकै मानव बेचबिखन अनुसन्धान ब्युरो पुगेका छन् भने आर्थिक प्रशासन महाशाखाका दीपक थापाको महानगरीय अपराध महाशाखा सरुवा भएको छ।

यस्तो छ सरुवा तथा पदस्थापनको सूची :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell