PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

महाकाली पारी अलपत्र नेपाली स्वदेश ल्याउने सरकारी पहल स्वागतयोग्य: कमल थापा



पहिलोपोस्ट

महाकाली पारी अलपत्र नेपाली स्वदेश ल्याउने सरकारी पहल स्वागतयोग्य: कमल थापा

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भारतीय क्वारेन्टाइनमा रहेका नेपाली नागरिक स्वदेश ल्याउने सरकारी पहलको स्वागत गरेका छन्।

गृह मन्त्रालयको निर्देशनमा दार्चुला र बैतडी प्रशासनले भारतीय पक्षसँग समन्वय गरी तीन वटा नाकाबाट आज करिब १८ सय नेपालीलाई स्वेदश फर्काइरहेका छन्।

यो खबर आएसँगै थापाले ट्वीटरमार्फत सरकारी पहलको स्वागत गरेका हुन्। 'ढिलो भएपनि ठिक निर्णय भएको छ,' उनले भनेका छन्।

थापाले अब विभिन्न मुलुकमा अलपत्र परेका र दु:ख पाएका अन्य नेपालीहरुको पनि उद्धार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell