PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

उपत्यकाभित्र लकडाउन खुकुलो पार्न नेपाल चेम्बर अफ कमर्सको सुझाव



रासस

उपत्यकाभित्र लकडाउन खुकुलो पार्न नेपाल चेम्बर अफ कमर्सको सुझाव

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई अर्थतन्त्र चलायमान बनाउन लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिएका छन्।

मुख्यसचिव रेग्मीलाई अध्यक्ष श्रेष्ठसहितको समूहले महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालको अर्थतन्त्रमा असर परेको उल्लेख गर्दे बिहीवार उक्त सुझाव दिएको हो।

‘अब आर्थिक चलायमान गर्न लकडाउन पनि विस्तारै भौतिक र असर कम भएका ठाउँमा खुकुलो बनाउनु पर्छ, यसले आर्थिक चलयामान हुन्छ’, सुझाव पत्रमा भनिएको छ, ‘अहिले काठमाडौंमा भएका मान्छेलाई बाहिर जान दिनु हुँदैन र बाहिरका मान्छेलाई पनि काठमाडौं आउन दिनुभएन, यहाँ उद्योग खुल्यो भने मजदुरले यही रोजगारी पाउँछन्।’

मुख्यसचिव रेग्मीले सुझावलाई अध्ययन गरेर व्यावहारिक सुझावलाई आफूले सम्बन्धित निकायसँग छलफल गर्ने जानकारी दिए। नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसको प्रभावका कारण अर्थ मौद्रिक तथा वित्त, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य क्षेत्रलाई पुनरुत्थान गर्न तयार गर्न विषयगत सुझाव मुख्यसचिव रेग्मीलाई हस्तान्तरण गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell