PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

अपहरण भएको भन्दै सांसद यादवले दिए मानव अधिकार आयोगमा निवेदन



पहिलोपोस्ट

अपहरण भएको भन्दै सांसद यादवले दिए मानव अधिकार आयोगमा निवेदन

काठमाडौं : समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवले नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालविरुद्ध अपरहणको निवेदन दिएका छन्।

सांसद यादवले आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको आरोप लगाउँदै बिहिवार दिउँसो राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गराएका हुन्।

यसअघि उनले महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिन खोजे पनि दर्ता भएको थिएन। जनता समाजवादी पार्टीका नेताहरुले उजुरी लिन नमानेपछि आक्रोश व्यक्त गर्दै आएका छन्।

सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्व आइजीपी खनालले सांसद यादवलाई वैशाख १० गते काठमाडौं ल्याएका थिए।

आयोगमा उनको उजुरीको दर्ता नम्बर १७८० रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell