काठमाडौं : जगदम्बा ग्रुपका संचालक सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले अग्रवाललाई २५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
महानगरीय अपराध महाशाखाको टोलीलाई अग्रवाललाई चैत २५ गते कालोबजारीको अभियोगमा नियन्त्रणमा लिएको थियो। अग्रवालको कम्पनीले ज्वरो नाप्ने इन्फ्रारेड थर्ममिटर १५ हजार रुपैयाँसम्म लिएर बिक्री प्रहरीले जानकारी दिएको छ।