PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

लोक सेवाको परीक्षा र विज्ञापन स्थगित गर्ने सरकारको निर्णय



पहिलोपोस्ट

लोक सेवाको परीक्षा र विज्ञापन स्थगित गर्ने सरकारको निर्णय

काठमाडौँः सरकारले लोक सेवा आयोगले सञ्‍चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।

वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री युवराज खतिवडाले रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापन अनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण व्यवस्था हाललाई स्थगित गर्ने निर्णय भएको जानकारी दिए।

त्यस्तै सरकारले महाकाली लोकमार्गको कूल १३४ किलोमिटरमध्ये व्यवस्थापन हुन बाँकी ८७ किमी खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति दिने निर्णय पनि गरेको छ।

बैठकले सार्वजनिक खरिद नियमावली (दशौँ संशोधन)  नियमावली २०७७ पनि स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

उता, इपीएस प्रणाली अन्तर्गत कोरियामा काम गर्ने प्रवेषाज्ञा भएका हाल विदामा नेपालमा रहेका व्यक्ति आफ्नो काममा फर्कन चाहेमा स्वास्थ्य परीक्षण गराई उनीहरूकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय पनि भएको मन्त्री खतिवडाले जानकारी दिए।

त्यस्तै कोरोना भाइरस संक्रमणबाट महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूमा परेको र पर्न सक्ने असरबारेमा सुधार तथा सम्बोधन गर्न सामाजिक संघसंस्था परिचालनबारेको कार्ययोजना, २०७७ स्वीकृत गरेको छ।

कोरोना भाइरसको उपचार वापत अस्पतालहरूलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश, २०७७ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell