PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

काठमाडौं प्रहरी प्रमुख एसएसपी ज्ञवाली भन्छन् : लकडाउनमा महिला हिंसा बढ्यो भन्नु हल्लामात्र



पहिलोपोस्ट

काठमाडौं प्रहरी प्रमुख एसएसपी ज्ञवाली भन्छन् : लकडाउनमा महिला हिंसा बढ्यो भन्नु हल्लामात्र

काठमाडौं : अहिले अधिकांश मानिस लकडाउनको कारण घरभित्र छन्। धेरै मानिसको व्यस्तता सामाजिक सञ्जालमा बढी देखिन्छ। राजनीतिक क्रमदेखि विभिन्न सामाजिक घटनामा ट्रोल अत्याधिक बनिरहेका छन्। ट्रोलको सिकारमा महिला पनि परेका छन्। यस्ता ट्रोलले महिलाको हिंसा भएको आवाज पनि उठिरहेको छ।

त्यस्तै, अन्य महिला हिंसाका घटना पनि हुन सक्ने अनुमान गरिएको छ। के काठमाडौंमा महिला हिंसाका घटना बढेको छ?

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवाली महिला हिंसाको घटना नभएको दावी गर्छन्।

'महिला हिंसाको घटना बढेको हल्लामात्र हो। अहिलेसम्म हिंसा भयो भनेर उजुरी आएका छैन,' एसएपी ज्ञवालीले भने।

लकडाउनको समयमा महिला हिंसाका घटना उजुरी गर्न गाह्रो हुने देखेपछि प्रहरीले अहिले फोनबाट नै उजुरी लिन सक्ने व्यवस्था गरेको छ। नेपाल प्रहरीको एक सय नम्बर वा स्थानीय प्रहरी कार्यालयमा फोन गरे प्रहरी महिला प्रहरीसहित घरमा पुग्ने व्यवस्था मिलाएको छ।

'कतै उजुरी दिन समस्या भएर घटनाको जानकारी नआएको हो कि भनेर पनि सहजिकरण गरेका छौं,' एसएसपी ज्ञवालीले भने।

लकडाउनको १८ दिनको अवधिमा परिसरमा ६ वटामात्र महिला हिंसाका उजुरी परेका थिए। त्यसपछि केही उजुरी आए पनि गम्भीर प्रकृतिका हिंसाका उजुरी नआएको प्रहरीले जानकारी दिएको छ। तर, विभिन्न व्यक्तिको ट्रोल बनाउन, फेसबुका गालीगलौच गर्ने फाटफुट घटना भने लकडाउनको समयमा भएका छन्।

लकडाउनको समयमा अपराध न्युन रहेको प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell