PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

पाकिस्तानी सभामुखलाई कोभिड-१९ पुष्टि, संक्रमणकै कारण मर्नेको संख्या ३ सय बढी



पहिलोपोस्ट

पाकिस्तानी सभामुखलाई कोभिड-१९ पुष्टि, संक्रमणकै कारण मर्नेको संख्या ३ सय बढी

पाकिस्तानी संसदका सभामुख असद कैसरलाई कोरोना भाइरस संक्रमण भएको छ। उनले आफ्नो ट्वीटरमार्फत् यसबारे जानकारी दिएका हुन्। कैसर पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का वरिष्ठ नेता समेत हुन्।

आफूमा संक्रमण पुष्टि भएपछि उनी घरमै सेल्फ क्वारेन्टाइनमा बसेको जनाएका छन्। भनेका छन्,'म चाहन्छु हाम्रो राष्ट्र सुरक्षित रहोस्। यो मेरो कामना हो र सावधान रहन आग्रह पनि।'

जिओ टिभीका अनुसार उनका छोरा तथा छोरीमा पनि संक्रमण देखिएको छ। तीन दिनअघि सिन्धका गभर्नर इमरान इस्मेलमा पनि संक्रमण पुष्टि भएको थियो।

पाकिस्तानमा हालसम्म १६ हजार मानिसमा भाइरस संक्रमण देखिएको छ। संक्रमणकै कारण मृत्यु हुनेको संख्या ३ सय ६१ पुगेको छ।

सभामुख असद कैसरले गत अप्रिल २४ मा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग भेटेका थिए।

यसअघि प्रधानमन्त्री खानले देशभर लकडाउन गर्न नसक्ने अडान लिएका थिए। देशभरका मानिसलाई बन्द गर्न नसक्ने भन्दै उनले मानिसको भिडभाड हुने ठाउँहरुमा मात्र लकडाउन घोषणा गरेका थिए। संक्रमित र संक्रमणकै कारण मर्नेको संख्या बढ्दै गएपछि त्यहाँको लकडाउनमा कडाइ गरियो। अब मे ९ सम्मका लागि संसद सचिवालय पनि बन्द रहने ड्वान डटकमले जनाएको छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell