
नयाँ दिल्ली : भारतमा कोभिड १९ का कारण ज्यान गुमाउने आधाभन्दा धेरै ६० वर्षभन्दा माथिको उमेरका छन्। ६० देखि ७५ वर्ष उमेर समूह सबैभन्दा बढी जोखिममा देखिएको छ। यस उमेरका ४२ प्रतिशतले ज्यान गुमाएका छन्। ४५ देखि ६० वर्ष समूहकका ३४ प्रतिशतले ज्यान गुमाएको तथ्याङ्क भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको छ। मन्त्रालयका अनुसार ज्यान गुमाउनेहरुमा धेरैजसो डाइवेटिज, मुटूको समस्या भएका र किड्नीका विरामीहरु रहेका छन्। संक्रमणबाट मर्नेमध्ये ७८ प्रतिशत मानिसमा यस्तो दीर्घरोग देखिएको छ।
अर्कोतिर भारतमा कोरना संक्रमणबाट निको हुनेहरुको संख्या पनि उत्तिकै धेरै छ। स्वास्थ्य मन्त्रालयका अनुसार रिकभरी रेट बिहीवारसम्म २५.१९ प्रतिशत पुगेको छ जुन १४ दिन अघिसम्म १३.६ प्रतिशत थियो।
अहिलेसम्म यहाँ १ हजार ७५ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। ८ हजार ३ सय ७२ मानिस ठीक भइसकेका छन्। कोरोना संक्रमण भएकामध्ये ३.२ प्रतिशतको मृत्यु भएको देखिएको छ जसमध्ये ६५ प्रतिशत पुरुष र ३५ प्रतिशत महिला रहेका छन्। बिहीवार साँझसम्म भारतमा ३३ हजार ६ सय १० जनामा कोरोना संक्रमण देखिएको छ जसमध्ये अहिले २४ हजार १ सय ६२ जना उपचाररत छन्।
भारतमा ४५ वर्ष भन्दा कमको मृत्यु दर १४ प्रतिशत देखिएको छ भने ७५ वर्षभन्दा माथिको मृत्यु दर ९.२ प्रतिशत देखिएको छ।