PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

रसियामा कोरोना संक्रमित १ लाख बढी, प्रधानमन्त्री पनि आइसोलेसनमा



पहिलोपोस्ट

रसियामा कोरोना संक्रमित १ लाख बढी, प्रधानमन्त्री पनि आइसोलेसनमा
Getty Images

रसियाका प्रधानमन्त्री मिखाइल मिसुस्तिनलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। उनले राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भिडियो कलमा उक्त जानकारी दिएका हुन्। उनीहरु बीचको संवाद टेलिभिजनमार्फत् प्रसारण गरिएको थियो।

बिहीवार प्रसारित संवादमा उनले भनेका छन्, 'सम्माननीय राष्ट्रपति, मैले भर्खरै पाएको जानकारी अनुसार मेरो कोरोना भाइरस संक्रमण परीक्षणको नतिजा पोजेटिभ आएको छ। अब डाक्टरको सुझाव अनुसार आफैलाई आइसोलेसनमा राख्छु। यो मेरा सहकर्मीहरुको सुरक्षाका लागि अति आवश्यक छ।'

जवाफमा पुटिनले भनेका छन्, 'सम्माननीय मिखाइल, तिमी जुन समस्या भोगिरहेका छौ। त्यो जसलाई पनि पर्नसक्छ। तिमीले हालसम्म निकै सक्रिय रहेर कोभिड-१९ विरुद्धको लडाइ लडेका छौ। तिमी अस्पतालमा रहँदा पनि फोनको प्रतीक्षा रहनेछ।'

उनलाई अस्पताल भर्ना गरिने द गार्जियनले जनाएको छ। उनको शारीरिक तापक्रम ३९ डिग्री देखाएपनि उनका लक्षणहरु कति गम्भीर छन् भन्नेबारे कुनै जानकारी सार्वजनिक छैन।

मिसुस्तिन संक्रमणमुक्त नभएसम्मका लागि एन्ड्रेइ बिलौसभ कार्यवहाक प्रधानमन्त्री रहने पुटिनले घोषणा गरेका छन्।

बिहीवार रसियामा कोरोना संक्रमितको संख्या १ लाख कट्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell