PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

प्रहरीको सक्रियता उस्तै तर पनि लकडाउन उल्लङ्घन गर्ने को सङ्ख्या उत्तिकै



पहिलोपोस्ट

प्रहरीको सक्रियता उस्तै तर पनि लकडाउन उल्लङ्घन गर्ने को सङ्ख्या उत्तिकै

काठमाडौं : लकडाउन उल्लङ्घन गर्दै हिँड्ने मानिसलाई प्रहरीले नियन्त्रणमा लिनेक्रम रोकिएको छैन।

आज बिहान ८ बजेसम्म काठमाडौं उपत्यकाभित्रबाट १ हजार १ सय ९२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। यसरी नियन्त्रणमा लिएकामा ३ सय ३३ जना महिला समेत रहेका छन्। सरकारले चैत ११ बाट लकडाउन घोषणा गरेपछि अनावश्यक सडकमा हिँड्ने मानिसलाई नियन्त्रणमा लिने गरेको छ।

नियन्त्रणमा लिएका मानिसलाई सडका तीन घण्टासम्म उभ्याएर छोड्ने गरेको छ। सबैभन्दा धेरै काठमाडौंमा मानिस कारबाहीमा पर्ने गरेका छन्। तरकारी किन्ने, मर्निङवाक, औषधि किन्ने लगायतका कारण देखाउँदै मानिस सडकमा निस्किने गरेको प्रहरीले जानकारी दिएको छ। अत्यावश्यक कामको लागि हिँडेका मानिसलाई भने नरोकेको प्रहरीको दावी छ।

प्रहरीले लकडाउन कडाइ गर्न थप सुरक्षा व्यवस्था मिलाएको छ तर पनि दैनिक लकडाउन उल्लङ्घन गर्ने मानिसको सङ्ख्या उतिकै छ। उपत्यकाभित्र दैनिक २५ सय मानिस कारबाहीमा पर्ने गरेका छन्।

त्यस्तै, सवारी पास नलिई र पासको दूरुपयोग गरेर सवारी चलाउनेलाई पनि नियन्त्रणमा लिने गरेको छ। आज बिहान मात्र १ सय ७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell