PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

श्रम दिवसको बिहानैदेखि जो सडकमा सक्रिय देखिए...

श्रम दिवसको बिहानैदेखि जो सडकमा सक्रिय देखिए...

प्रवीण रानाभाट/पहिलोपोस्ट


हरेक वर्षमा मे दिवसमा देखिने दृष्यहरु उस्तै भए पनि यतिखेर लकडाउन छ। श्रमिकहरु सबैभन्दा बढी समस्यामा छन्। दैनिक पसिना बगाएर गुजारा गर्नेहरुको हालत वयान गरिसक्ने अवस्था छैन। मे १ को पूर्व सन्ध्यामा मजदूरहरु सबैभन्दा बढी संकटमा परे। उनीहरुले सयौं किलोमिटर पैदलै यात्रा गरेको देख्दा धेरैको मन दुख्यो। राजनीति गर्नेहरुका लागि मे दिवस एउटा राजनीतिक वक्तव्यबाजीको बहनामात्र बनिरहेको छ। नाराजुलुस सहित शक्ति प्रदर्शन गर्ने होड यसापाला छैन। यतिखेर मजदूर थुनिएका छन्, घरभित्रै। यस्तोमा शहरमा कस्तो होला त हाल?

लकडाउनले ओझेलमा पारेको मे दिवसको दिनमा पनि कतिपय छन्, श्रममै खटिएका। सरकारले विदा दिएको भए पनि उनीहरुका लागि त्यो लागू हुन्न। काठमाडौंका सडकमा खटिएका श्रमिकका यी दृष्यले उनीहरुको भूमिका यो शहरका लागि कति महत्वपूर्ण छ भन्ने झल्काउँछ। विश्व श्रमिक दिवसको शुभकामना -



ट्रेन्डिङ पोस्ट

Ncell