
बेलायतमा लकडाउन उल्लङ्घन गर्ने एक पुरुषलाई प्रहरीले गिरफ्तार गर्यो। बद्लामा ती पुरुषले प्रहरीलाई थुके।
डानियल ह्यागर्टी नामक ३२ वर्षीय पुरुषले नटिंघम्सायरका प्रहरी अधिकारी एन्थोनी ब्रिस र उनका सहकर्मीमाथि दुर्व्यवहार गरेका हुन्। लकडाउन उल्लङ्घन गरेका कारण उनलाई गिरफ्तार गरी हिरासतमा लगिँदै थियो।
'अचानक हामीमाथि थुक वर्षदा रीस उठ्यो। छक्क पर्यौं,' एन्थोनीले बीबीसीसँग सुनाएका छन्, 'तत्काल आँखामा स्यानिटाइजर लगाएँ। बरु मेरो अनुहारमा मुक्का हानेको भए सहन सजिलो हुन्थ्यो।'
उनका अनुसार ती पुरुषले रक्सी पिएका थिए।
दोषी डानियललाई ६ महिनाको जेल सजाय हुने भएको छ। उनले थुकेपछि दुवै प्रहरी अधिकारीको कोरोना भाइरस संक्रमण परीक्षण गरिएको थियो। उनीहरुको परीक्षणमा नतिजा भने नेगेटिभ आएको छ।