PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बालुवा चाल्ने दाइ (कविता)



पहिलोपोस्ट

बालुवा चाल्ने दाइ (कविता)

  • तेजेन भट्टराई-

ए बालुवा चाल्ने दाइ,

तिमीले बालुवा छान्न सिक्दा,

भाग्य छान्न बिर्सेउ क्या नि!

काम लाग्ने अरुलाई,

काम नलाग्ने लिन्छौं क्या नि!

दिउँसो महल सिर्जिएर,

राती झुपडी साट्छौ क्या नि!

दिनमा चुहाउँछौ पसिना क्यारे,

साझमा भट्टी सोस्छौ क्या नि!

भरिएको साक्षी मात्रै,

रित्तिएको भोग्छौ क्या नि!

धुर्तहरुको गालीसँग आफ्नो मुस्कान साट्छौ क्या नि!

मक्किएको मन लुकाई बलिया हात बाड्छौ क्या नि?

ए बालुवा चाल्ने दाइ,

कहिले होला आफ्नो लागि तिम्ले बालुवा चाल्ने?

चुहिएको टाल्ने हो कि नयाँ घर थाल्ने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell