PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन



पहिलोपोस्ट

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन
तस्विर : बीबीसी नेपाली

काठमाडौं : रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ। शुक्रबार राती उनको स्वास्थ्यमा समस्या देखिएको थियो। ८६ वर्षीय उनलाई अस्पताल लाने क्रममा निधन भएको हो।

उनको पशुपति आर्यघाटमा दाह संस्कार भयो।

बिराटनगरकी स्थानीय उनी हाल बत्तिसपुलतीस्थित कान्छी छोरीसँग बस्दै आएकी थिइन्।

भारतको वाराणसीमा शास्त्रीय संगीत अध्ययन गरेकी उनका ‘जुनेली रात हजुर’, ‘जाग नेपाली’, 'मेरो मुटुको माँझ कसको तस्विर', 'तिमी दूर देशका परदेशी', 'फागुको शितल बतास' लगायत गीत  छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell