PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

'लास्ट नोम्याड्स अफ एभरेस्ट' :  चौरी पालन गर्ने फिरन्ते परिवारको कथा युट्युबमा



पहिलोपोस्ट

'लास्ट नोम्याड्स अफ एभरेस्ट' :  चौरी पालन गर्ने फिरन्ते परिवारको कथा युट्युबमा

काठमाडौं : फिरन्ते परिवारको जीवनकथामाथी बनेको डकुमेन्ट्री 'लास्ट नोम्याड्स अफ एभरेस्ट' युट्युबमार्फत् रिलिज भएको छ।

सगरमाथा क्षेत्र वरपर चौरी पालन गर्ने परिवारको जीवनशैली यस डकुमेन्ट्रीमा समेटिएको छ। चौरी पालनका लागि उपयुक्त मौसम र ठाउँ खोज्दै घुम्ने लोपोन्मुख परम्परा र पेशा सम्हालेको शेर्पा परिवारको कथा देखाइएको छ।

डकुमेन्ट्रीमा एभरेस्ट आधार शिविरमा रहेको निर्कुम गाउँमा छायाँकन गरिएको हो।

'लास्ट नोम्याड्स अफ एभरेस्ट' लाई निश्चल पौडेलको निर्देशनमा बनेको डकुमेन्ट्रीलाई प्रज्वल राउतले खिचेका हुन्।

डकुमेन्ट्रीमा प्रयोग संगीत छिरिङ शेर्पाको हो।

यस डकुमेन्ट्री सेफिल्ड डक्स, टोरेलो माउन्टेन फिल्म फेस्टिभल, वेस्ट नर्डिक इन्टरनेशनल फिल्म फेस्टिभल, ट्रायन फिल्म फेस्टिभल, पोखरा इन्‍टरनेशनल माउन्टेन फिल्‍म फेस्टिभल लगायत विभिन्न फिल्म महोत्सवमा प्रदर्शन भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell