PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : अस्थिरता आफू निम्त्याउने, दोष मिडियालाई दिने?



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : अस्थिरता आफू निम्त्याउने, दोष मिडियालाई दिने?

काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिले देखिएको अस्थिरताको जड प्रधानमन्त्री स्वयं भएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक दिवसको शुभकामना दिने क्रममा केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका थिए।

प्रधानमन्त्रीको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला कांग्रेस प्रवक्ता शर्माले ट्वीटरमार्फत कोरोनाको संकटमा राजनीतिक घटनाक्रम विकास गरेर आफै अस्थिरता निम्त्याउन लागेर मिडियालाई दोष लगाउनु गलत भएको उल्लेख गरेका छन्।

'अस्थिरता आफू निम्त्याउने अनि संचार माध्यम र सामाजिक संजाललाई दोषl अझ धम्कीको भाषाl उहाँकै शैलीमा भन्नुपर्दा `तितेपाती गुलियो कहाँ हुन्छ,चिनिको मल हालेर´!,' उनले भनेका छन्।

प्रवक्ता शर्माले लकडाउनले पैदलै घर गइरहँदा मजदुरलाई नदेख्ने प्रधानमन्त्री ओलीको आजको श्रमिक दिवसको सन्देश `रंगीन कागजको फुल´ जस्तै भएको टिप्पणी समेत गरेका छन्।

कोरोना महामारीविरुद्ध लड्ने बेला अध्यादेश प्रकरण, सांसद 'अपहरण' प्रकरण, पार्टीभित्र हस्ताक्षर अभियान, प्रधानमन्त्री फेरबदललगायत प्रकरणमा संलग्न प्रधानमन्त्री ओलीको सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा चर्को आलोचना भएका बेला उनले मिडियालाई अस्थिरताको दोष लगाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell