PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

१६ जना यात्रु लिएर बुद्धको ढाका चार्टर उडान



पहिलोपोस्ट

१६ जना यात्रु लिएर बुद्धको ढाका चार्टर उडान

काठमाडौः निजी वायुसेवा कम्पनी बुद्ध एयरले शुक्रबार १६ जना यात्रु लिएर काठमाडौं-बंगलादेश चार्टर उडान गरेको छ।

१६ जना यात्रु लिएर बिहान १० बजेर १४ मिनेटमा उडान भएको जहाज आज साँझ फर्कने योजना रहेको कम्पनीका प्रक्ता रुपेश जोशीले जानकारी दिए।

बुद्धको एइटिआर-४२ मार्फत् गरिएको यो चार्टर उडान बंगलादेशको निजी क्षेत्रको तर्फबाट कुटनीतिक पहलमा गरिएको प्रवक्ता जोशीले जानकारी दिए।

उनका अनुसार १६ जनामध्ये यो उडानमा एक जना नेपाली रहेका छन्। बंगलादेशको एक वायुसेवा कम्पनीमा काम गर्दै आएका एक नेपालीलाई पनि यही उडान मार्फत् लगिएको उनले बताए।

नेपालबाट बाहिर जाने भन्दा पनि विदेशमा भएका नेपालीले फर्कँनका लागि धेरै अनुरोध गर्दै आएको प्रवक्ता जोशीले बताए।

‘पछिल्लो समयमा यताबाट जाने विदेशी यात्रुभन्दा पनि विभिन्न मुलुकमा बस्दै आएका नेपालीले चार्टरका लागि बारम्बार अनुरोध आइरहेको छ। सरकारले अनुमति दिएको अवस्थामा हामी उद्धार उडानका लागि तयार छौँ,‘ प्रवक्ता जोशीले भने।

उनका अनुसार भारतको बैंगलोर, कोलकाता, दिल्ली, मुम्बाई लगायत क्षत्रमा रहेका नेपालीले चार्टर उडानका लागि  अनुरोध गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell