PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

माधव नेपालले तेस्रो अध्यक्ष बन्ने प्रस्ताव अस्वीकार गरिसक्नु भयो :  रघुजी पन्त



पहिलोपोस्ट

माधव नेपालले तेस्रो अध्यक्ष बन्ने प्रस्ताव अस्वीकार गरिसक्नु भयो :  रघुजी पन्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधवार बसेको सचिवालय बैठकमा  राखेको प्रस्ताव यति बेला चर्चामा छ। बैठकमा आफ्नो राजीनामा माग भएपछि ओलीले उपाध्यक्ष वामदेव गौतमलाई कोरोना सङ्क्रमणपछि प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव अघि सारेका थिए। तर, पटक-पटक कार्ड फालेर अलमल्याउँदै आएका ओलीको यो प्रस्ताव पनि त्यसैको उपज भएको नेताहरूले दावी गर्न थालेका छन्।

ओलीको प्रस्तावपछि अहिले नेताहरू अब कसरी अघि बढ्ने रणनीति बनाउन आन्तरिक परामर्शमा व्यस्त छन्। यसै सन्दर्भमा नेता नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तसँग पहिलोपोस्टका सम्वाददात कुञ्जरमणि भट्टराइले गरेको कुराकानी ।

बुधवारको सचिवालय बैठकमा प्रधानमन्त्रीले राखेको प्रस्तावलाई कसरी हेर्नुभएको छ?

सचिवालय बैठकमा प्रधानमन्त्रीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने कुरा अघि सार्नुभयो। त्यो विपक्षीलाई अलमल्याउने मेलो मात्रै हो। त्यसको कुनै अर्थ र सान्दर्भिकता छैन।

तपाईँहरूले  आन्तरिक छलफल पनि गरिरहनु भएको छ। बिहीवारमात्रै नेता नेपाल बालुवाटार पुग्नुभयो? पार्टी अध्यक्षको विषयमा केही कुराकानी भएको हो?

उहाँ पार्टीको तेस्रो अध्यक्ष बन्नुहुन्न। उक्त प्रस्ताव अस्वीकार गरिसक्नुभयो।

आफू विरुद्धको गठबन्धन भत्काउनका लागि प्रधानमन्त्रीले कार्ड फालेको भनिन्छ? के त्यही हो?

पार्टीमा आफ्ना विपक्षीहरूलाई भुल्याएर आफू प्रधानमन्त्री बनिरहनेका लागि उहाँ (ओली) ले यो प्रस्ताव अघि सार्नुभएको हो।

भनेको प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने यहाँहरूको माग हो?

यसबारे स्थायी कमिटी बैठकमा नै छलफल हुन्छ।

बुधवारको बैठकले नै स्थायी कमिटी बोलाउने भन्ने थियो, डाकिए न नि ?

स्थायी कमिटी बिल्कुलै डाकिनुपर्छ। भोलि बस्ने सचिवालय बैठकले मिति तोक्छ। हाम्रो माग यही हो। कार्यकर्ताको माग पनि बैठक बस्नुपर्छ भन्ने छ।

उता, प्रधानमन्त्रीले आफ्नो समूहका सांसदहरूलाई बालुवाटार बोलाएर हस्ताक्षर नै गराउनुभयो। कसरी हेर्नु भएको छ?

त्यसको कुनै औचित्य छैन। उहाँसँग बहुमत पनि छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell