PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

कोरोनाले ज्यान लिइहाले कसरी गर्ने शव व्यवस्थापन? सेनाले गर्‍यो पूर्वाभ्यास



रासस

कोरोनाले ज्यान लिइहाले कसरी गर्ने शव व्यवस्थापन? सेनाले गर्‍यो पूर्वाभ्यास

लाहन : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नेपालमा पनि बढ्दै गएपछि नेपाली सेनाले सिरहामा कोरोना सङ्क्रमितको शव व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास गरेको छ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा कोरोना सङ्क्रमित मृतकको सङ्ख्यामा वृद्धि भई भयावह स्थिति सिर्जना भएमा मृत शरीरको व्यवस्थापन कसरी गर्ने भन्ने उद्देश्यका साथ नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरअन्तर्गत सिरहाको चोहर्वास्थित शेर गण ब्यारेक हाताभित्र कोरोना भाइरस सङ्क्रमित मृत शरीर व्यवस्थापनको पूर्वाभ्यास गरेको हो।

उक्त ‘डेमोष्ट्रेसन’ कार्यक्रममा सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागार्इं, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवाला निकायको उपस्थिति रहेको थियो। डेमोष्ट्रेसन कार्यक्रम विशेषतः प्याटेन्ट रिसिभर टिम (पिआरटी)ले शङ्कास्पद सङ्क्रमित भेट्दा गरिने कारवाही, कोरोना सङ्क्रमित मृत शरीरको व्यवस्थापन गर्ने तरिका र एम्बुलेन्स तथा सवारी साधनलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा केन्द्रीत रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागार्इंले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell