PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

घुस रकमसहित सामुदायिक वन समूहका अध्यक्ष पक्राउ



पहिलोपोस्ट

घुस रकमसहित सामुदायिक वन समूहका अध्यक्ष पक्राउ

काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई घुस सहित पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले सामुदायिक वन उपभोक्ता समूह उदासिपुर, कैलालीका अध्यक्ष बिर्ख धामीलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

धामीले सेवाग्रहीको घरायसी झगडा सम्बन्धी उग्र बनाई इलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दामा प्रहरी कर्मचारीको मिलेमतोमा दु:ख हैरानी दिइ सेवाग्राहीसँग पचास हजार घुस लिएको आयोगले जनाएको छ।

उनलाई गौरीगंगा नगरपालिका वडा नम्वर ८ बढैपुर बजारबाट बिहीवार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ आयोगले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell