PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

प्रदेश ५ मा पहिलो पटक भेटिए दुई संक्रमित, कोभिड-१९ हुनेको संख्या पुग्यो ५९



पहिलोपोस्ट

प्रदेश ५ मा पहिलो पटक भेटिए दुई संक्रमित, कोभिड-१९ हुनेको संख्या पुग्यो ५९

काठमाडौं : नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश ५ मा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

पछिल्लो पटक गरिएको पीसीआर परीक्षणका क्रममा रुपन्देही जिल्लाका एक र बाँके जिल्लाका एक जनामा कोरोना भाइरसको पुष्टि भएको हो।

संक्रमित पुष्टि भएकामध्ये रुपन्देहीका २५ वर्षीय युवा र बाँके निवासी ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए। योसँगै कोरोना भाइरस पाँच नं प्रदेशमा पनि देखिएको छ।

हालसम्म नेपालमा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै १६ जना उपचारपछि घर फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell