PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कोरोनाको संक्रमणबाट कर्णाली प्रदेशमात्र अछुतो, बाँकी सबैमा संक्रमित



पहिलोपोस्ट

कोरोनाको संक्रमणबाट कर्णाली प्रदेशमात्र अछुतो, बाँकी सबैमा संक्रमित

काठमाडौं : आजदेखि प्रदेश ५ पनि कोरोना संक्रमित बनेको छ। दुई जना संक्रमित थपिँदै दुवै प्रदेश ५ का पुरुष रहेका छन्।

सबैभन्दा पहिले वाग्मती प्रदेशमा कोरोना संक्रमण देखिएको थियो भने त्यसपछि क्रमश: गण्डकी प्रदेश, सुदूर पश्चिम प्रदेश, २ नम्बर प्रदेश र १ नम्बर प्रदेशमा संक्रमण देखिएको हो।

सबैभन्दा धेरै संक्रमण प्रदेश नम्बर १ मा देखिएको छ। प्रदेश १ को उदयपुरमा २८ जना, भोजपुरमा १ जना र झापामा २ जना गरी ३१ जना संक्रमित रहेका छन्।

प्रदेश २ का पर्सामा ६ जना, बारामा २ जना, रौतहटमा ३ जना र सर्लाहीमा १ जना गरी १२ जना संक्रमित छन्।

प्रदेश ३ को काठमाडौंमा ५ र चितवनमा २ गरी ७ जनामा संक्रमण देखिएको छ।

गण्डकी प्रदेशमा २ जना संक्रमित देखिएका हुन्। उनीहरु दुवै वाग्लुङका हुन् जो उपचारबाट ठीक भएर फर्किसकेका छन्।

कञ्चनपुरमा १ र कैलालीमा ४ जना संक्रमित छन्।

कूल ५९ जना संक्रमित हुँदा १६ जना ठीक भएर घर फर्किसकेका छन्। बाँकी विरामीको अवस्थामा पनि समान्य नै रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मुलुकको सबैभन्दा विकट भूगोल रहेको कर्णाली प्रदेशमा भने अहिलेसम्म संक्रमण देखिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell