PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

प्रधानमन्त्रीलाई गगनको कटाक्ष: 'जो चोर उसैको ठूलो स्वर'



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई गगनको कटाक्ष: 'जो चोर उसैको ठूलो स्वर'

काठमाडौं: प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट कोही नतर्सिने बताएका छन्।

प्रधानमन्त्री ओलीले श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै सञ्चारमाध्मय र सामाजिक सञ्जालले अस्थिरतातर्फ धकल्ने प्रयत्न गरिरहेको आरोप लगाएका थिए। त्यस्ता प्रयासलाई सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनताले सफल हुन नदिने भन्दै धम्कीपूर्ण भाषा पनि प्रयोग गरे।

प्रधानमन्त्रीको यो अभिव्यक्तिको विरोधमा कटाक्ष गर्दै नेता थापाले ट्वीटरमा लेखेका छन्, 'जो चोर उसैको ठूलो स्वर। कोही तर्सनेवाला छैन यो धम्कीबाट।'

महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने, अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने काम प्रधानमन्त्री ओलीले गरेको बताउँदै थापाले अगाडि भनेका छन्, 'गर्नु पर्ने नगर्ने, देख्नुपर्ने नदेख्ने, सुन्नुपर्ने नसुन्ने तपाईं। अनि धम्की ति खवरदारी गर्नेहरूलाई?'

यसअघि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि अस्थिरता निम्त्याउने प्रयत्न प्रधानमन्त्रीले गरेको र दोष मिडियालाई लाउनु गलत भएको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell