PahiloPost

Dec 25, 2025 | १० पुष २०८२

दिल्लीबाट वैशाख ५ थोथरी नाका हुँदै नेपाल छिरेका थिए रुपन्देहीका संक्रमित



विधुर ढकाल

दिल्लीबाट वैशाख ५ थोथरी नाका हुँदै नेपाल छिरेका थिए रुपन्देहीका संक्रमित

काठमाडौं : शुक्रवार प्रदेश ५ मा एकै दिन दुई जनामा कोरोना भाइरसको संक्रमण देखियो। संक्रमितमध्ये एक जना रुपन्देहीको कोटहीमाई गाउँपालिका २५ वर्षीय युवा रहेका छन्।

उनी गाउँपालिकाको क्वारेन्टाइनमा थिए। उनी १४ दिन अगाडि मात्र भारतको राजधानी नयाँ दिल्लीबाट नेपाल आएका हुन्। उनी त्यहाँका श्रमिक हुन्।

सरकारले लकडाउन र सीमा नाका बन्द गरे पनि उनी लुकिछिपी नेपाल प्रवेश गरेका थिए।

गाउँपालिकामा प्रवेश गरेसँगै उनलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका क्वारेन्टाइन व्यवस्थापक मुल हुसेन खानले बताए। 'उहाँ वैशाख ५ गते दिल्लीबाट आउनु भएको हो। हामीले उहाँलाई घर जान नदिइ सिधै क्वारेन्टाइनमा राखेका थियौं,' उनले भने।

हालसम्म क्वारेन्टाइन उनीसँगै १६ जना विदेशबाट आएका व्यक्तिहरु छन्। उनलाई संक्रमण देखिएपछि वुटवलस्थित धागो कारखानामा तयार गरिएको कोरोना विशेष अस्पतालमा आइसोलेसनमा लगिएको छ।

उनीसँगै क्वारेन्टाइनमा रहेका १० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

'सुरुमा क्वारेन्टाइनमा १० जनामात्र थिए। हामीले १० जनाको परीक्षणका लागि पठाएका थियौं,' खानले भने, 'पछि ६ जना थपिएका हुन्। उहाँमा कोरोना भाइरस पोजेटिभ देखिएपछि पहिला परीक्षण गरिएका सहित बाँकी १५ जनाकै पुन: स्वाव परीक्षणका लागि पठाउने तयारी गरेका छौं।'

गाउँपालिकाले चैत १७ गतेपछि विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ।

कोटहीमाई गाउँपालिका भारतसँग सीमा जोडिएको छ। यहाँबाट भारतीय बजार नौतनहवा चार किलोमिटरको मात्र दुरीमा रहेको छ।

सीमा थोथरी नाकाहुँदै लुकिछिपी नेपाल प्रवेश गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell