
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वरस्थित निवासमा पुगेका हुन्। भोलिका लागि नेकपा सचिवालय बैठक बोलाइएको छ।
बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई कोरोना भाइरस संक्रमण सकिएपछि प्रधानमन्त्री तथा नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्षको प्रस्ताव गरेका थिए।
भोलिको सचिवालय बैठकको रणनीति तय गर्न प्रचण्ड नेता नेपाल निवास पुगेको बुझिएको छ।