PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

उत्तर प्रदेशमा २ र बिहारमा १ जनाले गुमाए ज्यान, एकै दिन भारतमा भेटिए २३ सय ३३ संक्रमित



पहिलोपोस्ट

उत्तर प्रदेशमा २ र बिहारमा १ जनाले गुमाए ज्यान, एकै दिन भारतमा भेटिए २३ सय ३३ संक्रमित

नयाँ दिल्ली : भारतमा एकै दिन २ हजार ३ सय ३३ जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। यो अहिलेसम्मकै धेरै हो। शुक्रवार एकै दिन महाराष्ट्रमा कोभिड १९ बाट १ हजार ३ जना संक्रमित फेला परेका हुन्। महाराष्ट्रको मुम्बईमा मात्र ७ सय ४१ नयाँ केस थपिएका हुन्।

यसअघि सबैभन्दा धेरै केस मंगलवार भेटिएको थियो। त्यस दिन १ हजार ८ सय ४० जना कोरोना संक्रमित पहिचान भएका थिए। शुक्रवार भेटिएकाको संख्या त्यस दिनभन्दा २७ प्रतिशतले बढी हो। यस आधारमा एकै दिन भारतमा ६.७ प्रतिशतले कोरोना संक्रमितको वृद्धि भएको देखिन्छ।

भारतमा अहिलेसम्म ३७ हजार २ सय जना कोरोना संक्रमित भएको पुष्टि भएको छ। जसमध्ये १ हजार २ सय २२ जनाले ज्यान गुमाइसकेका छन्। शुक्रवारमात्रै ६८ जनाको मृत्यु भएको छऽ

शुक्रवार तामिल नाडूमा २ सय ३ जना संक्रमित फेला परे भने गुजरातमा ३ सय २६ र दिल्लीमा २ सय २३ जना।

महाराष्ट्रमा मात्रै हिजो २६ जनाले ज्यान गुमाएका छन्। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ सय ८५ पुगिसकेको छ। हिजो गुजरातमा २२ र मध्य प्रदेशमा ८ जनाले ज्यान गुमाए। हिजोमात्रै उत्तर प्रदेशमा २ जना र बिहारमा एक जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। यी दुवै राज्य नेपालसँग जोडिएका हुन्। हिजैमात्र भारतबाट नेपाल आएका युवकमा कोरोनाको संक्रमण पुष्टि भएको छ।

भारतमा कोरोना ठीक हुनेको संख्या पनि उल्लेख्य छ। अहिलेसम्म ९ हजार ७ सय ९ जना कोरोना संक्रमणबाट मुक्त भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell