PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

विश्व यसरी गाँजिदै छ संक्रमणबाट, अमेरिकामा मर्नेको संख्या पुग्यो ६४ हजार ८ सय ८



पहिलोपोस्ट

विश्व यसरी गाँजिदै छ संक्रमणबाट, अमेरिकामा मर्नेको संख्या पुग्यो ६४ हजार ८ सय ८

अमेरिकामा कोरोना संक्रमितको संख्या ११ लाख ३ हजार ४ सय ६१ पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार ६४ हजार ८ सय ८ जनाको मृत्यु भएको छ। त्यसमध्ये सबैभन्दा धेरै १८ हजार ३ सय ९९ जनाको न्युयोर्कमा नै मृत्यु भएको छ।

स्पेनमा २ लाख १३ हजार ४ सय ३५ जना संक्रमित भएका छन् भने त्यहाँ मृत्यु हुनेको संख्या २४ हजार ५ सय ४३ पुगेको छ। अर्को युरोपेली मुलुक इटलीमा २ लाख ७ हजार ४ सय २८ जनामा संक्रमण देखिएको छ। त्यहाँ मृत्यु हुनेको संख्या २८ हजार २ सय ३६ छ जुन स्पनको भन्दा धेरै हो।

बेलायतमा १ लाख ७८ हजार ६ सय ८५ जनामा संक्रमण देखिएको छ। यीमध्ये २७ हजार ५ सय १० जनाको मृत्यु भइसकेको छ।

फ्रान्समा १ लाख ६७ हजार ३ सय ५ जना संक्रमित छन्। त्यहाँ २४ हजार ५ सय ९४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्। अर्को युरोपेली मुलुक जर्मनीमा १ लाख ६४ हजार ७७ जनामा संक्रमण देखिएको छ। यहाँ अन्य युरोपेली मुलुकभन्दा मृत्यु हुनेको संख्या कम छ। अहिलेसम्म ६ हजार ७ सय ३६ जनाको जर्मनीमा मृत्यु भएको छ।

यता टर्कीमा ३ हजार २ सय ५८ जनाको मृत्यु भएको छ। यस मुलुकमा १ लाख २२ हजार ३ सय ५२ संक्रमित छन्। रसियामा १ लाख १४ हजार ४ सय ३१ मानिस संक्रमित छन् भने मृत्यु हुनेको संख्या १ हजार १ सय ६९ छ।

एसियाली मुलुक इरानमा ९५ हजार ६ सय ४६ जनामा संक्रमण देखिएको छ। यहाँ ६ हजार ९१ जनाले ज्यान गुमाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell