PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

लकडाउन उल्लंघन : घर बाहिर निस्किएका १४ सय ९६ जना समातिए



पहिलोपोस्ट

लकडाउन उल्लंघन : घर बाहिर निस्किएका १४ सय ९६ जना समातिए

काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १४ सय ९६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आज बिहान ८ बजेसम्म ४ सय ३ जना महिला सहित १४ सय ९६ जनालाई नियन्त्रणमा लिएको हो।

सरकारले लकडाउन घोषणा गरेको आज ३९ दिन पूरा भएको छ। चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन सुरु भएको थियो। त्यसयता प्रहरीले घरबाहिर हिड्नेलाई पक्राउ गर्दै आएको छ।

लकडाउनको समयमा घरबाट निस्कनेलाई प्रहरीले  नियन्त्रणमा लिएर घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाड्ने गरेको छ।
यसैगरी, दुई पाङ्ग्रे र चारपाङग्रे गरेर १ सय २ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell