PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

नेकपा सचिवालय बैठक बस्दै, नेताहरु आन्तरिक छलफलमा



पहिलोपोस्ट

नेकपा सचिवालय बैठक बस्दै, नेताहरु आन्तरिक छलफलमा
फाइल तस्विर

काठमाडौं : आन्तरिक विवाद पेचिलो बनिरहेका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय आज अपराह्न ४ बजे बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नुअघि नेताहरु आन्तरिक छलफलमा व्यस्त छन्।

आज विहानमात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटार निवासमा पूर्व माओवादीका नेताहरुसँग छलफल गरेका थिए।

शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका प्रचण्डले बेलुकी वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका थिए।

गत बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए। प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि आएको उक्त प्रस्तावले नेताहरु अलमलमा परेका छन्।

तर, प्रधानमन्त्रीले ओलीले आफूहरुलाई अल्मल्याउन प्रस्ताव गरेको दावी गर्दै आएका छन्। आजको सचिवालय बैठकबाट पछिल्लो विवादको निकास निस्किने नेताहरुले बताएका छन्। प्रम ओलीले बिहीबार नेता नेपालसँग पनि भेट गरेका थिए।

आजको सचिवालय बुधवार नै डाँकिएको थियो। सचिवालय बैठकको रणनीति बनाउन शुक्रवार भेला भएका नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले ओलीको प्रस्ताव अल्मल्याउने मेलो भएको बताएका छन्। आजको सचिवालयबाट स्थायी कमिटीको बैठक बोलाउन उनीहरुको दवाव छ।

प्रचण्ड र नेता नेपालसँगको भेटमा ओलीले स्थायी कमिटी बैठक डाक्ने पक्षमा आफू नरहेको बताएका थिए। शीर्ष नेताहरु अहिले पनि आन्तरिक छलफलमा रहेको दोस्रो तहका नेताहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell