PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सचिवालय बैठकको मुखैमा वामदेव गौतम पुगे बालुवाटार



पहिलोपोस्ट

सचिवालय बैठकको मुखैमा वामदेव गौतम पुगे बालुवाटार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन्। सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि गौतम केहीबेर अघिमात्रै बालुवाटार पुगेका हुन्।

बुधवारको सचिवालय बैठकमा ओलीले भावी प्रधानमन्त्री तथा वरिष्ठ नेता नेपाललाई तेस्रो अध्यक्षका रुपमा प्रस्ताव अघि सारेका थिए। आफूलाई प्रधानमन्त्रीको प्रस्ताव अघि सारेपछि कानुनका जानकारहरुसँग वामदेवले छलफल समेत गरेका छन्।

आजै अपराह्न ४ बजे नेकपा सचिवालय बैठक बस्दै छ। बैठक अघि नेताहरु आन्तरिक छलफलमा व्यस्त छन्। बुधवारको सचिवालय बैठकपछि प्रधानमन्त्री ओलीले बिहीवार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, शुक्रवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए।

पार्टी सचिवालय बैठकमा आफू प्रचण्ड-नेपाल समूहबाट आफू घेराबन्दीमा पर्ने भएपछि ओली नेताहरुलाई फकाउने कसरतमा छन्। प्रचण्ड-नेपाल समूह टुटाउने प्रयासमा रहेको नेताहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell