PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

एमिनेमको घरमा घुसपैठ, सुरक्षाकर्मीको आँखा छली पस्नेलाई आफै गरे पक्राउ



पहिलोपोस्ट

एमिनेमको घरमा घुसपैठ, सुरक्षाकर्मीको आँखा छली पस्नेलाई आफै गरे पक्राउ

गत महिना हिपहप स्टार एमिनेमको घरमा आपतकालीन अलार्म अचानक बज्यो। त्यो पनि घाम उदाउनु अघि नै। कोही अनुमतिबिना भित्र छिरेको थियो, सुरक्षाकर्मीको आँखा छलेर।

४७ वर्षीय एमिनेम बिउँझिए। उनी उठेर आफ्नो 'लिभिङ रुम'मा पुग्दा त्यहाँ कोही थियो।

त्यसरी घुसपैठ गर्ने व्यक्तिलाई एमिनेमले पक्राउ गरे। केही बेरमै सुरक्षाकर्मी आइपुगे र त्यसपछि प्रहरी।

पक्राउ परेका व्यक्ति प्रहरी हिरासतमा रहेको पुष्टि भएको छ। उनका प्रतिनिधिले बीबीसीलाई उक्त जानकारी दिएका हुन्।  

ती व्यक्ति घरको पछिल्‍लो भागबाट भित्र छिरेको खुलेको छ। सुरक्षाकर्मी भने घर अगाडि तैनाथ थिए।

एमिनेम चर्चित हिपहप स्टार हुन्। गत वर्ष सार्वजनिक एल्बम 'म्युजिक टु बी मर्डर्ड बाइ'का कारण बेलायतको चार्टमा नम्बर वान ठहरिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell