PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

लकडाउनमा मर्मतसम्भारसँगै ‘फ्रेस’ देखियो त्रिवि क्रिकेट मैदान

लकडाउनमा मर्मतसम्भारसँगै ‘फ्रेस’ देखियो त्रिवि क्रिकेट मैदान

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : सामान्य अवस्था चल्थ्यो त एक महिना अघि नै विश्वचर्चित क्रिकेटरहरुले नेपालमा क्रिकेट खेलिरहेका हुन्थे - यही मैदानमा। तर, अवस्था असामान्य भयो। विश्वका ठूलाठूला क्रिकेटर ल्याएर भव्य फ्रेन्चाइज क्रिकेट गराउन लागेको एभरेस्ट प्रिमियर लिग इपिएल स्थगित भयो, अनिश्चितकालको लागि।

यसको चोट इपिएलको आयोजकलाई मात्र परेन। टियु क्रिकेट मैदानमा क्रिसगेलको ‘छक्का’ हेर्न जाने योजना बनाइरहेका समर्थकले पनि मौका गुमाए। विश्वस्तरीय र अनुभवी खेलाडीहरुसँग खेलेर नयाँ अनुभव लिन खोजिरहेको नेपाली खेलाडीहरुको उत्साहमा चोट पर्‍यो। र, समग्रमा उत्साह सेलाउन पुग्यो।

विश्वभरकै खेल गतिविधि रोकिएका छन्। खेलाडी फुर्सदिला भएका छन्। मैदान खाली नै छ।

इपिएलका लागि मैदान चट्ट पारिएको थियो। कोरोनाले इपिएल नै चट् भयो। तर, लकडाउन चलिरहँदा त्रिवि क्रिकेट मैदानमा रंग भने भरिएको छ।

केही दिन अघि नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले कीर्तिपुरको मैदानको तस्बिर सेयर गर्दै लेखेका थिए, ‘नेपाली क्रिकेटको घर, फ्रेस र तयार देखिन्छ’।

साच्चै आकर्षक देखिएको छ त्रिवि क्रिकेट मैदान।

नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेल ट्राइनेसन सिरिजपछि निरन्तर रुपमा मेन्टिनेन्स गरिरहेको र कुनै खेल गतिविधि नहुँदा मैदान राम्रो बनेको बताए।

‘ट्राइनेसन सिरिज पछि हामीले मेन्टेन सुरु गरेका थियौं। पिच लगायत घाँस लगाउने काम गरिरहेका थियौं। अहिलेसम्म त्यसैको निरन्तरता हो,’ क्यानका सचिव प्याकुरेलले भने, ‘बाहिरबाट मान्छे क्युरेटरहरु आएर काम गर्ने अवस्था त अहिले छैन। तर, जो मैदानमै बस्नुहुन्छ उहाँहरुले मर्मत लगायतका काम निरन्तर गरिरहनु भएको छ।’

अहिले लकडाउनका कारण खेलहरु पनि छैनन्। अभ्यास पनि चलेको छैन। मैदान मर्मत राम्ररी भएकाले आकर्षक देखिएको छ।

‘अहिले खेलहरु पनि छैन। पानीको अवस्था पनि राम्रो हुँदा त्यसलाई मेन्टेन गर्न सहज भएको हो। अहिले कुनै प्रतियोगिताको आयोजनाका लागि मेन्टेन गरिएको होइन। यो नियमित मर्मत सम्भार हो,’ प्याकुरेलले भने।

जे होस् मैदान पूर्वकप्तान खड्काले भनेजस्तै फ्रेस देखिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a926fd744f209.49345823): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a926fd744f209.49345823,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293