PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

यसै साता किम जोङ उनसँग मेरो कुराकानी हुन सक्छ : डोनाल्ड ट्रम्प



पहिलोपोस्ट

यसै साता किम जोङ उनसँग मेरो कुराकानी हुन सक्छ : डोनाल्ड ट्रम्प
Photo : AFP

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता उत्तर कोरियाली नेता किम जोङ उनसँग कुराकानी गर्न सक्ने बताएका छन्। ट्रम्प यसै साताको अन्त्यमा 'रिट्रिट'का लागि क्याम्प डेभिड जाँदैछन्।

त्यहाँ केही विदेशी नेतासँग भेटवार्ता एवं छलफल गर्ने बताएका हुन्। सोही क्रममा किम जोङ उनसँग पनि कुराकानी हुने संकेत गरेका हुन्। जसबारे विस्तृत जानकारी भने दिएका छैनन्।

ट्रम्पले भने, 'यस विषयमा बाँकी जानकारी समय आएपछि दिन्छौं।'

उनले २० दिन पछि सार्वजनिक रुपमा देखा परेको हुन्। उनको अस्वस्थताको खबर हल्ला मात्र भएको जनाउँदै खबर सार्वजनिक भएपछि ट्रम्पले उनीसँग कुराकानीको प्रसङ्ग उठाए।

किम सनचेनस्थित एक कृषि मल उद्योगमा गएका हुन्। निर्माण सम्पन्न भएको उद्योगको उद्घाटनमा किमले रिबन काटेका हुन्।

यस साताको सुरुवातमा पत्रकारहरुले ट्रम्पलाई किम जोङ उनको स्वास्थ्य स्थिति बारे सोध्दा भनेका थिए : मलाई उनको अवस्था बारे थाहा छ। तर अहिले बोल‍्न मिल्दैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell