PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

'रामायण' बन्यो विश्वमा सर्वाधिक हेरिएको कार्यक्रम, यस्तो छ दर्शक प्रतिक्रिया



पहिलोपोस्ट

'रामायण' बन्यो विश्वमा सर्वाधिक हेरिएको कार्यक्रम, यस्तो छ दर्शक प्रतिक्रिया

निर्माण र प्रसारणको ३३ वर्ष पछि पुन: प्रसारण गरिएको टेलिश्रृङ्ख 'रामायण' सर्वाधिक हेरिएको कार्यक्रम बनेको छ। मनोरञ्जनात्मक विधामा यस धार्मिक तथा पौराणिक कथामा आधारित कार्यक्रमले विश्वव्यापी रेकर्ड बनाएको जनाइएको छ।

यसअघि 'गेम अफ थ्रोन्स'को अन्तिम श्रृङ्खला सर्वाधिक हेरिएको थियो। सन् २०१९ को मेमा प्रसारण भएको उक्त श्रृङ्खलामा एक रातमै एक करोड ९३ लाख पटक हेरिएको थियो। उक्त रेकर्ड तोड्दै दूरदर्शनबाट अप्रिल १६ मा प्रसारित रामायण ७ करोड ७ लाख पटक हेरिएको दावी छ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन घोषणा गरेसँगै दूरदर्शनले रामायण पुन: प्रसारण सुरु गरेको थियो। दूरदर्शनले नै नयाँ भ्यूज रेकर्ड बारे जानकारी दिएको हो। च्यानलको आधिकारिक ट्वीटर ह्यान्डलबाट लेखिएको छ,'रामायणले सबै रेकर्ड तोड्दै विश्वमै सर्वाधिक हेरिएको मनोरञ्जनात्मक कारयक्रम बनेको छ।'

दूरदर्शनले उक्त जानकारी दिँदै गरेको ट्वीटमा दर्शक प्रतिक्रिया भने रोचक अनि रमाइला छन्। कौशल काम्दार नाम गरेका ट्वीटर प्रयोगकर्ताले लेखेका छन् : 'सबै धन्यवाद भारतको अत्याधिक जनसंख्यालाई।' 

त्यस्तै अभिषेक भट्टरले चाहिं रामायणलाई मनोरञ्जनात्मक कार्यक्रम नभन्न सुझाव दिएका छन्। भनेका छन्,'रामायण हाम्रा लागि मनोरञ्जनभन्दा बढी अर्थ राख्छ।' 

केही दर्शकले आफू पूरानो दिनहरुमा फर्किएको जनाएका छन्। केहीले भने उक्त सिरिज पुन: निर्माण गर्न सुझाव दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell