PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

कोरोना अपडेट : २४ घण्टामा १२ सय ५२ जनामा संक्रमण परीक्षण



पहिलोपोस्ट

कोरोना अपडेट : २४ घण्टामा १२ सय ५२ जनामा संक्रमण परीक्षण

काठमाडौं : सरकारले हालसम्म ६१ हजार भन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमण परीक्षण गरेको बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार हालसम्म प्रयोगशाला (पिसिआर) बिधिवाट १३ हजार ९८ र्‍यापिड (आरडिटी) बाट ४८ हजार ५२९ गरी ६१ हजार ‍६ सय २७ जनामा परीक्षण गरिएको छ। जसमध्य गत २४ घण्टामा १२ सय ५२ वटा थप परीक्षण गरिएको हो।

देवकोटाका अनुसार देशभरका क्वारेन्टाइनमा हाल २२ हजार ९ सय ७८ मानिस रहेका छन्। त्यस्तै आइसोलेशनमा रहनेको संख्या ८९ रहेको छ।

हालसम्म कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell