PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंजका सफाईकर्मीलाई पुष्पगुच्छासहित सम्मान



राधेश्याम पटेल

वीरगंजका सफाईकर्मीलाई पुष्पगुच्छासहित सम्मान

कोरोनाको उच्च जोखिममा समेत वीरगंज महानगरमा सडक र नालाको सरफाइ गर्दै आएका सरसफाइकर्मीहरुलाइ आज नागरिक स्तरबाट सम्मान गरिएको छ।  कोरोनाको महामारीसँगै लकडाउनका बेला ज्यान जोखिममा राखेर पनि सडक र नाला सरसफाइ गर्दै आएका सरसफाइकर्मीलाइ खादा ओढाउनुका साथै फूलको गुच्छा दिएर सम्मान गरिएको हो। 

वीरगंज महानगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीहरुलाइ उनीहरुको मनोबल उच्च राख्न आदर्शनगर ग्रिनी सिटी सामुदायिक सेवा केन्द्रले शनिवार बिहान सम्मान गरेको हो। वीरगंज ३ छपकैया घर भएका वीरगंज महानगरपालिकाको सरसफाई कर्मचारीहरुका नाईकेमा बैशाख १४ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। संक्रमित ती व्यक्तिको वीरगंजको नारायणी अस्पतालको आइसोलेसनमा उपचार भईरहेको छ।

समाजले पनि आफुहरुलाइ घृणाको दृष्टिले हेर्ने थालेको गुनासो आएपछि सरसफाइकर्मीहरुको मनोबल उच्च राख्न सम्मान गरिएको ग्रिनी सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताए। महानगरका सरसफाइ कर्मचारी सरफुदिन मियाले एक जना सरसफाइ कर्मचारीमा कोरोना भएपछि समाजले सबै सरसफाइकर्मीलाइ गलत नजरले हेर्न थालेका बेला गरिएको यो सम्मानले आफुहरुको मनोबल बढेको प्रतिकृया दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell