PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

डुबानबाट पार पाउँदै पुतलीसडक, लकडाउनमा यसरी हुँदैछ धमाधम ढल निर्माणको काम

डुबानबाट पार पाउँदै पुतलीसडक, लकडाउनमा यसरी हुँदैछ धमाधम ढल निर्माणको काम

पहिलोपोस्ट /पहिलोपोस्ट


प्रत्येक वर्ष वर्षायाम सुरु भएसँगै जलमग्न बन्ने पुतलीसडक यो वर्ष पानीमा नडुब्ने भएको छ। लकडाउनमै समयमा यस सडकको ढल निकासको समस्या दिगो समाधान हुनेगरि मर्मत थालिएको छ।

राजधानीका अधिकांश सडक ओभर ले, मार्किङ, पेन्टिङ गरेर सुधारिएको भए पनि पुतलीसडक मर्मत हुन सकेको थिएन। ढल मर्मत हुन नसक्दा वर्षौंदेखि यस सडक खण्डमा ओभर ले समेत हुन सकेको थिएन। सडक विभागले पटक–पटक आग्रह गर्दा पनि खानेपानी तथा ढल निकास विभागले मर्मत नगरिदिएपछि विभाग आफैंले ठेक्का लगाएर मर्मत थालेको हो।

पुतलीसडकमा अहिले ह्युम पाइप राख्ने, फिलिङ गर्ने, फुटपाथ मर्मत र कालोपत्रेको एउटै ठेक्का लगाएर काम सुरु गरिएको हो। निर्माणको जिम्मा पीआर कन्स्ट्रक्सनले पाएको छ।

यस सडकको ढल निकास व्यवस्थित गर्न कमलपोखरीको सिटी सेन्टर नजिकैको कुमारी मन्दिरबाट सानो बाटो भएर स्टार मल–पुतलीसडक–शंकरदेव क्याम्पस हुँदै टुकुचासम्म नयाँ ह्युम पाइप राख्न लागिएको छ। टुकुचाबाट सुरु गरेर अहिले पुतलीसडकसम्म ह्युम पाइप राख्ने काम सकिएको छ।

प्रवीण रानाभाट र अमित मचामसीका तस्विरहरुः-



ट्रेन्डिङ पोस्ट

Ncell