PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते



रासस

सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते

कोहलपुर : बाँकेको कोहलपुरमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक महिला घाइते भएकी छन्।

कोहलपुर नगरपालिका वडा नम्बर ११ एनटिभी रोडमा नेपाली सेनाको वा १ ह ६३४१ नम्बरको गाडीले ठक्कर दिँदा भे ४ प ७६२० नम्बरको मोटरसाइकलमा सवार कोहलपुर-२ का २४ वर्षीय किरण भुसालको निधन भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ।

बाँकेको नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको नेपाली सेनाको गाडी र मोटरसाइकलले एनटिभी रोड क्रस गर्दैगर्दा जुधेका थिए। साँग्रिला डेभलपमेन्ट बैंक नेपालगञ्जमा कार्यरत २७ वर्षीया दिदी प्रतीक्षालाई लिन गएका किरणको मृत्यु भएको र घाइते प्रतीक्षाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell