PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

झलनाथ खनाल भन्छन्, ‘प्रधानमन्त्रीको राजीनामा तत्काललाई टर्‍यो’



पहिलोपोस्ट

झलनाथ खनाल भन्छन्, ‘प्रधानमन्त्रीको राजीनामा तत्काललाई टर्‍यो’

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं सचिवालय सदस्य झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा तत्कालाई टरेको बताएका छन्। सचिवालय बैठकमा राजीनामा सम्बन्धी कुनै पनि विषय प्रवेश नभएको पनि खनालले बताए। 

शनिबारको सचिवालय बैठकमा स्थायी समिति बैठकको मिति तयसँगै प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहको थियो। तर, सचिवालय बैठकमा प्रचण्ड–नेपाल समूह नरम भएको हो। 

खनालले उपाध्यक्ष बामदेव गौतमका लागि प्रतिनिधिसभा सदस्य निर्वाचित गराउन निर्वाचन क्षेत्रको थप गृहकार्य हुने बताए। यद्यपि राजनीतिक स्रोतहरुले भने पाल्पाबाट गौतमलाई उम्मेदवार बनाउने दाबी गरेका छन्। 

यस्तै, सचिवालय बैठकबाट पार्टी विधि विधान अनुसार अघि बढ्नेमा एकजुट भएको खनालको भनाई छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell