PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

‘विकासको गतिमा कमी आए पनि काम रोकिएको छैन’



रासस

‘विकासको गतिमा कमी आए पनि काम रोकिएको छैन’

हेटौँडा : वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले ‘लकडाउन’का कारण विकासको गति कम भए पनि काम नरोकिएको बताएका छन्। उनले सावधानी र सुरक्षाका उपाय अवलम्बन गर्ने क्रममा कामको गतिमा २० देखि २५ प्रतिशतसम्म कमी भएको भए पनि सरकारले गति बढाउनेतर्फ योजना बनाइरहेको जानकारी दिए।

उनले हेटौँडा–काठमाडौं मार्गअन्तर्गतको भीमफेदी–कुलेखानी जोड्ने पोष्टबहादुर बोगटी सुरुङमार्गको काम आगामी जेठ १५ गतेदेखि शुरु हुने बताए। मन्त्री फुयाँलले प्रदेशका विभिन्न स्थानमा विकासको काम भइरहेको बताए। उनले हाल प्रदेशको काठमाडौंस्थित कागेश्वरी चक्रपथमा सडक कालोपत्र भइरहेको, काठमाडौंकै नयाँपाटीमा दुई पुल निर्माणको काम भइरहेको, दोलखा, सिन्धुली धादिङलगायतका प्रदेशका सबै जिल्लामा विकासका काम धमाधम भइरहेका जानकारी दिए। उनले सिन्धुपाल्चोकदेखि चितवन तथा रसुवादेखि सिन्धुलीसम्म सबैतिर काम भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell