PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

ताप्लेजुङ आगलागी : सात करोड बढीको क्षति, २९ परिवार विस्थापित



रासस

ताप्लेजुङ आगलागी : सात करोड बढीको क्षति, २९ परिवार विस्थापित
फाइल फोटो : पासाङ भाेटे।

ताप्लेजुङ : सदरमुकाम फुङ्लिङमा शुक्रवार राति भएको आगलागीबाट सात करोड रुपैयाँ बढीको क्षति भएको पाइएको छ। शनिवार संकलन गरिएको प्रारम्भिक विवरणअनुसार सात करोड ६५ लाख ७२ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको पाइएको हो।

सोमध्ये व्यक्तिगत सात करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७ हजार ७०० रुपैयाँको क्षति भएको पाइएको छ। आगलागीले आठ घर जलेका थिए। अन्य केही घरमा आंशिक क्षति भएको थियो। आठ घरमा डेरा, पसल गरी बस्ने २९ परिवार विस्थापित भएका छन्। आगलागीले आठ संस्थागत कार्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए। पोखरेलको संयोजकत्वमा चार सदस्यीय क्षतिको विवरण संकलन गर्न समिति बनेको थियो।

राति करिब १०ः३० बजेदेखि शुरु भएको आगलागी बिहान मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो। आगलागी प्रभावित परिवारलाई आज रेडक्रस, फुङ्लिङ नगरपालिका र ताप्लेजुङ बहुद्देशीय सहकारी संस्थाले राहत वितरण गरेका छन् भने जिल्ला विपद् व्यवस्थापन समितिले भने आइतवार बैठक बसी क्षति विश्लेषण गरी राहत दिने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell