PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

बाँकेमा कोरोना भाइरस संक्रमित भेटिएसँगै बर्दियामा कडाइ, जिल्ला भित्रिने सवारी साधनमा रोक



रासस

बाँकेमा कोरोना भाइरस संक्रमित भेटिएसँगै बर्दियामा कडाइ, जिल्ला भित्रिने सवारी साधनमा रोक

राजापुर : छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना भाइरस संक्रमित भेटिएसँंगै बाँके र बर्दिया जोड्ने सीमामा कडाइ गरिएको छ। दुई जिल्लाका सीमा नाकामा मानखोलामा यसअघि सामान्य सुरक्षा जाँच मात्र गरिँदै आएकामा शनिवारदेखि सवारी साधनसमेत भित्रन नदिने गरी कडा पारिएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र जिल्लाका सुरक्षा निकायका प्रमुखको टोलीले संयुक्तरुपमा अनुगमन गरेर शनिवारदेखि नै बाँकेबाट बर्दिया भित्रने सम्पूर्ण सवारी साधनमा रोक लगाइएको सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताए। लकडाउनका समयमा बाँकेबाट आवश्यक औषधि, खाद्यान्न, फलफूल र तरकारी बर्दिया भित्रिरहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell