
नयाँ दिल्ली : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३७ हजार ७ सय ७६ पुगेको छ। शनिवारसम्म यहाँ कोरोनाका कारण मर्नेको संख्या १ हजार २ सय २३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारतामा शनिवारसम्म २६ हजार ५ सय ३५ कोरोनाको एक्टिभ केस पहिचान भएको छ भने १० हजार १७ जना मानिस ठीक भएर फर्किएका छन्।
भारतको महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य हो जहाँ गए साता १० हजारभन्दा बढीमा संक्रमण देखिएको थियो। शुक्रवार महाराष्ट्रमा १ हजार ८ नयाँ कोरोना संक्रमित थपिएका थपिएपछि त्यहाँ कूल ११ हजार ५ सय ६ जनामा संक्रमित पुगेका छन्।
बढ्दो संक्रमणका कारण भारतमा थप दुई साता लकडाउन लम्ब्याइएको छ।